टीभीएसको दशैँ दौड, पत्रकार बोहराले मारे बाजी


 


धनगढी, असोज ११
धनगढीका लागि टीभीएसको मोटरसाइकल तथा स्कुटर विक्रेता बागेश्वरी अटोमोटिभ्स प्रालिले ‘टीभीएस दशैं दौड’ अन्तर्गत दौड प्रतियोगिता सम्पन्न गरेको छ । उ

पभोक्ताहरुलाई लक्षित गरि टीभीएस शोरुम चौराहदेखि रातोपुल हुँदै पुनः टीभीएस शोरुमसम्मको दौडमा पत्रकार शंकर बोहराले प्रथम स्थान हाँसिल गर्नुभएको छ । प्रतियोगितामा पत्रकार अंकुश कुँवर द्वितीय, हेमा भण्डारी तृतीय र गणेश बोहरा चौथो स्थान प्राप्त गर्नुभयो । विजयीहरुलाई टीभीएसका बजार प्रतिनिधि विवेक चौधरीले खादा ओढाएर बधाई ज्ञापन गर्नुभयो ।

दौडमा २५ जनाले सहभागिता जनाएका भएपनि प्रतियोगीका रुपमा भने चार जनाले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुनmेलाई मोटरसाइकल तथा स्कुटर खरिद दर्ता २५ हजार रुपैयाँ बराबरको छुट दिइने बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले बताउनुभयो । उहाँले प्रतियोगितामा द्वितीय, तृतीय र चौथो स्थान हाँसिल गर्नेहरुलाई पनि खाडी खरिदमा सहुलियत दिइने बताउनुभयो ।

टीभीएससले दशैं–तिहारलाई लक्षित गर्दै यो योजना ल्याएको हो । दशैं दौड अन्तर्गत टीभीएसले मेघा एक्सचेञ्ज अफर पनि ल्याएको छ । कुनैपनि पूरानो मोटरसाइकल वा स्कुट नयाँ मोटरसाइकल वा स्कुटरसंग साँटेर लैजान सकिनेछ ।

जसमा जस्तोसुकै कन्डिसनमा रहेको मोटरसाइकल वा स्कुटरको कम्तीमा ३० हजारभन्दा माथिको मूल्यांकन गरिनेछ । यही असोज ९ गतेदेखि नै सुरु भइसकेको यो अफर असोज १३ गतेसम्म चल्नेछ ।

यस्तै, टीभीएसले अन्य योजना अन्तर्गत बाइक वा स्कुटर किन्नु भन्दा पहिले टीभीएस नेपालको वेबसाइटमा लगइन गरी १ लाख रुपैयाँ सम्म जित्न सक्ने योजना पनि यस अघि नै ल्याइसकेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्