सात किलो चाँदीसहित दुई जना पक्राउ


 



धनुषा, असोज १२
धनुषाको सीमावर्ती क्षेत्रबाट सात किलो चाँदीसहित दुई जना पक्राउ परेका छन् । अबैध सुनसहित प्रहरीले आइतबार विहानै दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नगराइन नगरपालिकाको जटही नाका भएर भारत प्रवेश गर्न लागेका भारतको विहार राज्यको मधुवनी जिल्लाका धिरज ठाकुर र जनपुरधाममा रहेको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई बा ११ च १२५० नम्बरको सुमो गाडीमा भारत गइरहेको बेला प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा लिएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्