‘तिमीलाई कुनै पल अँध्यारोले छुँदा’ (भिडियाे सहित)


 


गीतकार पबिन दाहालको एकल रचना र सशक्त युवा सङ्गीतकार मनोज साङ्सोनको एकल सङ्गीत रहेको एल्बम ‘अनुपम’मा गायक सत्यराज आचार्य र मिलन अमात्यको स्वर रहेको गीत ‘तिमीलाई कुनै पल अँध्यारोले छुँदा…’को म्युजिक भिडियो युट्युबमा सर्वजानिक भएको छ ।

उक्त भिडियोमा चर्चित कलाकारहरू जीवन भट्टराई र बर्षा राउतले अभिनय गरेका छन् भने छायाङ्कन बुद्ध थापा, सम्पादन निशान घिमिरे र निर्देशन अर्जुन अधिकारीले गरेका छन् । भाइब्स्  क्रियसन मार्फत उक्त एल्बम बजारमा आएको हो ।

प्रकाशित मिति: १४ श्रावण २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्