श्रीमान विदेश, श्रीमतीकाे धेरै पुरुषसँग अवैध सम्बन्ध गाँसियाे, अन्तिममा आमाछोरीकै ज्यान गयो…


 


उदयपुर, कात्तिक २

उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्। हत्या आरोपमा सिराहाको लहान नगरपालिकाका ८ का ४१ वर्षीय रामहरि साह पक्राउ परेका हुन्।

गत शनिबार विहान आफ्नै घरको भर्याङमुनि धारिलो हतियारले घाँटी रेटेर बिभत्स हत्या गरिएका त्रियुगा नगरपालिका ९ राजाबास चौकीबारीकी २८ वर्षीया शारदाकुमारी चौधरी (गोमा) र उनकै छोरी ९ वर्षीया रचनाको  हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी साहलाई सार्वजनिक गरेको छ। मध्यराति भएको घट्नामा दोषी पत्ता लगाउन तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

संघीय प्रहरी इकाई सुनसरीबाट ल्याइएको तालिम प्राप्त कुकुरसहितको टोलीले घट्नास्थलदेखि संभावित ठाउँ सबैतिर अनुसन्धान गर्दा साह पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। 

धारिलो हतियारले घाँटी रेटेर मारेको देखिए पनि सुरुमा सलले बेरेर घाँटी थिचेर मारेको र पछि ब्लेडले रेटेर मारेको बयान उनले दिएको एसपी मगरले बताए।

लाहान स्थायी घर भए पनि त्रियुगा नगरपालिका ३ मोतिगडा चोकमा वर्षौंदेखि मिठाई पसल गर्दै आएका साहले प्रेममा धोका दिएका कारण शारदाको हत्या गरेको बयान दिएका छन्।

दुईवर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाएताका चिनजान भएपछि शारदासँग नजिकिएको बताउने साहले विहे गर्नेगरी प्रेम गरेको भए पनि उनी अर्कै केटासँग सम्बन्ध राखेको थाहा पाएपछि हत्या गर्ने योजना बनाएको बयान उनले दिएका छन्। 

शारदासँगको हिमचिम बढेपछि श्रीमतिसँग झगडा हुने गरेको र शारदासँगै विहे गर्ने भनेर श्रीमति र छोराछोरी छाडेर एक्लै मोतिगडामा डेरा लिएर बस्न थालेको उनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

‘मैले शारदासँग विहे गर्ने निधो गरेर प्रेम गरेको थिएँ, त्यै भएर पहिलेकी श्रीमति र छोराछोरी छाडेर यतै (मोतिगडा) डेरा लिएर बस्न थालेको थिएँ’ साहको बयान उद्धृत गर्दै एसपी मगरले भने ‘तर, पछि अरु अरु केटाहरु खेलाएको थाहा पाएँ, मेरो उताको घरबार पनि बिग्रियो, यता पनि उनले धोका दिएपछि मार्छु नै भनेर निधो गरे ।’

साहले आफुसँग दुईवर्षदेखि सम्बन्ध राखेकी शरदाले अरु केटा खेलाउन थालेपछि आफुसँग भेट्नै नमान्ने, फोन गर्दा नउठाउने र उठाए पनि ‘श्रीमान् छाड्न नसक्ने र अरु केटाहरुसँग सम्बन्ध बढेकोले बिर्सिदेऊ’ भन्दै झर्कोफर्को गरेपछि उनलाई सहीनसक्नु भएर मार्नै चाहेको बयान दिएको प्रहरी भनाई छ।

प्रहरीले हत्यारा पत्ता लगाउन गरेको अनुसन्धानले शारदा आधादर्जन केटाहरुको सम्पर्कमा रहेको पत्ता लागेको प्रहरी भनाई छ। दुईवर्षदेखि श्रीमान वैदेशिक रोजगारीमा रहेका कारण उनी बिभिन्न केटाहरुको सम्पर्कमा रहेर शारीरिक सम्बन्धमा रहेको पत्ता लागेको प्रहरी भनाई छ।

वास्तविक अपराधी पत्ता लगाउन प्रहरीले ४ दर्जन हाराहारीसँग सोधपुछ गर्ने क्रममा यो तथ्य बाहिरिएको प्रहरी भनाई छ।

‘हत्यारा पत्ता लगाउन सोधपुछको क्रममा शारदासँग परपुरुषहरुको सम्बन्ध बाक्लो देखिएको पाइयो’ एसपी मगरले भने ‘कतिपय पुरुषहरुले उनीसँग शारिरीक सम्बन्धमा रहेको तर, हत्या नगरेको बयान दिएका छन्। धेरैजनासँग प्रेम सम्बन्ध भएको पाइए पनि अन्तिममा साहले गर्वसाथ आफैले शारदाको हत्या गरेको बयान दिए।’

उनलाई कानुन अनुसार सजायको भागीदार बनाउने गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नागरिकबाट

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्