उपाधिको लागि ११३ रनको चुनौती


 


काठमाडौँ, ७ कात्तिक

वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो । उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

त्यस्तै काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले एक÷एक विकेट लिइन् । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ । क्वीन्स ईभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको बिजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्