राजावादी कमल थापा एक्कासी किन गए चीन भ्रमणमा ?


 


काठमाडाैं, कात्तिक ८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा चीन प्रस्थान गरेका छन् । थापा टेनिस प्रतियोगितामा भाग लिन शुक्रबार चीनतर्फ प्रस्थान गरेका हुन् ।अध्यक्ष थापाले आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

पूर्वउपप्रधानमन्त्री थापाका साथमा उनका श्रीमती प्रलिता पनि छिन् । थापा कात्तिक १४ गते स्वदेश फर्किने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्