काम नगर्ने कर्मचारीमाथि पर्यटनमन्त्रीको एक्सन, अदालत गए पनि नछोड्ने


 


काठमाडौं, कात्तिक ४

पर्यटन भ्रमण वर्ष २०२० को चटारोमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काम नगर्ने कर्मचारीको सातो लिएका छन् । साथै राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन पनि दिएका छन् । नभए आफूले हटाउने उनको चेतावनी छ । ्उनले अदालत नजान आग्रह गर्दै त्यहाँ गइ पनि काम नगर्नेलाई नछोड्ने स्पष्ट पारे ।

बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे ।

नभए आफूले हटाउने भन्दै उनले भने, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको कार्य प्रगती कामचलाउ मात्र भएको भन्दै ११ र १२ गतेको बैठकमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्