पेट्रोल, डिजल र मट्टितेलको भाउ बढ्यो, यस्तो छ नयाँ मूल्य सूची


 


काठमाडौं, मंसिर १६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्