हावापानी अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी


 


काठमाडौं, मंसिर १९
सरकारले नेपालको हावापानीमा अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी गरेको छ । यसअघि प्रचण्ड सरकारका बेला हावापानी अनुकुल नहुने भन्दै रोकिएको चिनियाँ गाई ल्याउने प्रक्रिया फेरि सुरु गरिएको छ । अन्नपूर्णमा खबर छ ।

पशुसेवा विभाग रपशु विज्ञहरुले चिनियाँ गाई नेपाली हावापानी अनुकुल नभएको निष्कर्षसहित सुझाव दिएपछि त्यो बेला सरकार पछि हटेको थिो । तर, यसपटक भने प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउन लागिएको हो ।

नेपालमा उन्नत जातका गाई भित्र्याउने परियोजनाका लागि चीनले ३२ अर्ब रुपैयाँ अनुदान दिन लागेको छ । प्रदेश सरकारमार्फत कार्यान्वयन गर्न लागिएको परियोजना अन्तर्गत चीनबाट १७ हजार ‘होलेटिन फ्रिजियन’ जातका गाई हुन् ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्