यसरी हुन्छ सेटिङमा भन्सार छली


 



भैरहवा, मंसिर २१
भैरहवा भन्सारका कर्मचारी रव्यापरी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ । सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासंग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ । अन्नपूर्णमा खबर छ ।

भैरहवाका एक व्यापारीकाअनुार सामान आयात गर्दा गाडी भाडा उल्लेखति बील र बीमा कागज आवश्यक पर्छ । आलु र प्याजको हकमा भने कर्मचारीले यी कागजात नलिने गरेको ती व्यापारी बताउँछन् ।

कागज नहुँदा आफूहरुले नियमानुसार आयातित सामानको कुल मूल्य १२ प्रतिशत थप गरि त्यसबराबरको राजस्व बुझाउँदै आएको उनको भनाई छ । भारतबाट प्याज रोकिएपनि आलु निरन्तर छ ।

कुनैपनि सामग्री आयातमा भन्सारले त्यसको कुल मूल्यमा भाडामा र बीमा शुल्क जोडेर त्यसबराबरको राजस्व लिने गर्दछ । बिल्टी, सिपिङ बील रबीमा काजग नहुँदा भन्सारले कुल मूल्यको १० प्रतिशतका दरले गाडी गाडी भाडा र दुई प्रतिशतका दरले बीमा गरि १२ प्रतिशत जोडेर त्यसबराबरको राजस्व् लिने गर्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्