सुनाखरी अवार्ड अक्करको बाटोलाई


 


akkkar ko batoखाँदबारी, भदाै १३

प्रथम सुनाखरी अवार्डको उपाधि रञ्जित रसाईलिको अक्करको बाटोले हात पारेको छ । बिहिबार खाँदबारीमा सम्पन्न प्रतियोगितामा रसाइलिको यो गितले उपाधि जित्न सफल भएको हो ।

नविन दहालको शब्द सुरेन्द्र पुलामीको संगीत र रञ्जित रसाईलिको स्वरमा भएको यो गीतले सुनाखरी अवार्ड जितेको हो । सुनाखरी रेडियो लाइभको आयोजनामा बिहिबार सम्पन्न प्रतियोगितामा अन्य ९ ओटा गीतलाई पछि पार्दै अक्करको बाटोले उपाधि जितेको हो ।

अक्करको बाटोले कुल खसेको भोट मध्ये ४५ प्रतिशत भोट ल्याएर उपाधि हात पारेको राष्ट्रिय गायिका मिलन अमात्यले घोषणा गरेकी हुन । अरुण उपत्यका भरीका बर्षभरीमा सार्वजनिक भएका उत्कृष्ट गीतहरु मध्ये अक्करको बाटो पनि छनौटमा परेको थियो ।

उत्कृष्ट १० मा अभय महत तिम्रै लाग्छ माया, आङ्दवा शेर्पा मकालु हेर्न, दखिन राई मान्दैन यो मन, पवित्रा गुरुङ मलाई माया, रबिन्द्र राई त्यो छुटने दिन, प्रकाश प्रतिक्षा कान्छा तिम्रो मेरो निच्चल माया ,रञ्जित रसाईली  अक्करको बाटो, संयोगान्त कुलुङ् माया गर्नु,सुजन रसाइली मलाई आँशुमा र सुजता बयलकोटीको म त माया नलाउने गित परेका थिए ।
गाउँले परीबेशलाई समेटेर बनाईको रसाइलिको गित यतिबेला बच्चा देखि बृद्ध सम्मको मुखमा झुण्डीएको छ । यो संगै रसाइलीको बाँकी नामक गीति एल्बम केहि दिन अगाडि सार्बजनिक भएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्