आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?


 


काठमाडौं, पुस ५
नेपाली बजारमा शनिबार पनि सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको भाऊ भने आज पनि स्थिरछ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्