ओप्पो ‘ए नाइन वान’ र ओप्पो ‘ए एट’ सार्वजनिक, यस्ता छन् फिचर


 



एजेन्सी,
ओप्पो ए नाइन वान र ओप्पो ए एट सार्वजनिक भएको छ । यी दुई नयाँ भर्जन चीनमा सावजिनक गरिएका हुन् । ओप्पो ए एट एक बजेट स्मार्टफोन हो, भनेओप्पो एक नाइन वान एक मिड–रे डिभाइस हो ।

ओप्पो ए नाइन वानको मूल्य एक लाख ९ सय ९९ युआन तोकिएको छ । यो ह्याण्डसेट तीन कलर अशन रातो, कालो र नीलोमा छ । यस स्मार्टफोनको विक्री २६ डिसेरबाट चीनमा हुनेछ । यता ओप्पो ए एटको मूल्य एक लाख एक सय ९९ युआन तोकिएको छ । यी दुई फोन नेपाल र भारतमा कहिले सावजिनक हुन्छ भन्ने विषयमा कुनै आधिकारिक जानकारी गराइएको छैन ।

ओप्पो ए नाइन वानमा ६.४ इको अमोलेड डिस्पेल, इनडिस्प्ले, फिङ्गरप्रिन्ट सेन्सर ४,०२५ एमएएच ब्याट्री दिइएको छ । साथै यसमा फास्ट चार्जिङको लागि सपोर्ट दिइएको छ । ३० मिनेटमा ५० प्रतिशत व्याट्री चार्ज गर्न सकिन्छ । आठ जिबी र्याम र एक सय २८ जिबी स्टोरेज क्षमता छ ।

फोटोग्राफीका लागि क्याँड क्यामेरा सेट दिइएको छ । यस सेटअपमा ४८ मेगािपल मेन क्यामेरा, ८ मेगापिक्सेल वाइड क्यामेरा, दुई मेगापिक्सेल माइक्रो क्यामेरा र दुई मेगापिक्सेलको क्यामेरा दिइएको छ । सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा दिइएको छ ।

यस्तै, ओप्पो ए एटमा ६.५ इन्च एचडीप्लस डिस्प्ले, चार जिबी र्याम र एक सय २८ जिबी स्टोरेज, फोटोग्राफीका लागि १२ मेगापिक्सेल प्राइमेरी क्यामेरा, दुई मगापिक्सेल माइक्रो .लेन्स र दुई मेगापिक्सेल डेथ लेन्स दिइएको छ । सेल्फीका लागि आठ मेगापिक्सेल क्यामेरा दिइएको छ ।साथै यसको रियरमा फिङ्गर सेन्सर पनि दिइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ५ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्