साताको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?


 



काठमाडौं, पुस ६
यो साताको पहिलो दिन पनि सुनको मूल्य स्थीर रहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज पनि तोलको ६१ हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्