सुनको मूल्य तोलामा ६ सय बढ्यो, चादीको भाउ पनि उकालो


 



काठमाडौं, पुस ९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय बढ्दै प्रतितोला ७२ हजार आठ सय पुगेको छ । सुन हिजो प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन तोलाको ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ८५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्