सुनको मूल्य ७३ हजारमाथि


 



काठमाडौं, पुस ११
नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ७३ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ७३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज पनि प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्