कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, पुस १३
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७३ हजार तीन सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि आज स्थीर रहँदै प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थीर रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोलामा आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्