सुनको मूल्यमा नयाँ रेकर्ड, भयो अहिलेसम्मकै महंगो


 



काठमाण्डौं, पुस १८
बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । सुन हिजो प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको थियो ।
चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्