मलद्वारमा दुई किलो सुन लुकाएर ल्याउने प्रयास असफल, दुई जना पक्राउ


 



काठमाडौं, पुस १८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाललाई सुनसहित पक्राउ गरेको हो ।

प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याइरहेका बेला पक्राउ परेको बताए । ‘तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, उनले भने ।
यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो । यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

सरकारले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविन टोलीको अनुसन्धानपछि विमानस्थलबाट हुने सुन तस्करी ठप्प भएको दाबी गरिएको थियो । तर, तस्करी गर्ने समूहले विभिन्न शैली अपनाएर सुन भित्र्याउने गरेका छन् ।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्