सुनको मूल्यले थप रेकर्ड बनायोे, किन बढ्यो एक्कासी मूल्य ?


 



काठमाडौं, पुस २०
सुनको मूल्य आज थप उकालो लागेको छ । आज सुन तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार ७४ हजार पाँच सयमा कारोबार भएको थियो ।

अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो ।

सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उनको भनाइ छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी गएको शुक्रबार जस्तै आइतबार पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैबीच सुनको भाउ महँगो हुन थालेपछि व्यवसायी भने चिन्तामा परेका छन् । भाउ बढेसँगै सुन किन्नेभन्दा पनि बेच्नेको संख्या बढेको भन्दै उनीहरु चिन्तित भएका हुन् ।

प्रकाशित मिति: २० पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्