सुनको भाउले आज पनि राख्यो ऐतिहासिक रेकर्ड, कति पुग्यो आज ?


 



काठमाण्डौं, पुस २१
सुनको मूल्य दैनिक रुपमा बढ्दै गइरहेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढ्दै तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।

सुन हिजो तोलामा १ हजार रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । उनले पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उनले बताए । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला ९ सय २० रुपैयाँ पुगेको छ । चाँदी आइतार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्