बढ्दै गएको सुनको मूल्य आज घट्यो, कति छ तोलाको भाउ ?


 



काठमाडौं, पुस २२
इरान–अमेरिका तनाव र अन्तर्राष्टिय बजारमा डलरको भाउ बढ्दा केही दिन आकाशिएको सुनको मूल्य आज भने मूल्य घटेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७६ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला ९ सय रुपेयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २२ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्