रेकर्ड राख्दै सुनको मूल्य, आज पनि बढ्यो


 



काठमाडौं, पुस २३
सुनको मूल्यले आज पनि नयाँ रेकर्ड राखेको छ । आज पनि सुन तोलामा एक हजार रुपैयाँ बढ्दै ७६ हजार पाँच सय पुगेको छ । यो आजसम्मकै उच्च मूल्य हो । सुन हिजो ७५ हजार पाँच सयमा कारोबार भएको थियो ।

इरान–अमेरिकाको तनाव र अन्तर्राष्टिय बजारमा बड्दै गएको डलरको भाउका कारण सुनको मूल्य बढ्दै गइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला ९ सय २० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्