फेरि बिहे गर्ने मनिषाको चाहना, के पुरा हाेला ?


 


Bollywood actress Manisha Koirala, left, poses for photographs with groom Samrat Dahal before getting married in Katmandu, Nepal, Friday, June 18, 2010. Koirala's marriage ceremonies with Dahal, a Nepalese businessman, are spread over three days and will be attended by family and close friends. (AP Photo/Binod Joshi)

नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित चलचित्र ‘मौली’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा उनी मुस्लिम महिलाको भूमिकामा छिन् ।

मनिषाले सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर, बिहे गरेको केही महिनामै यी दुई अलग भएका थिए । तर, पनि मनिषा बिहेका लागि सकारात्मक देखिएकी छिन् । बिहेको बिषयमा उनले भनिन्-‘कुन मानिस बिहे गर्नका लागि चाहना नराख्ला र ? सुरुवातमा यो राम्रो हो, तर पछि यसलाई तपाई संझन नै सक्नुहुन्न । यदि, मलाई कोही राम्रो मानिस मिलेको खण्डमा म यो बिषयमा जरुर विचार गर्नेछु ।’

मनिषाले आफूले एक बच्चा पाल्ने इच्छा पनि व्यक्त गरेकी छिन् । उनले भनिन्-‘जब म बच्चा नै थिएँ, त्यतिबेलादेखि नै मलाई बच्चा पाल्ने रहर थियो ।’

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्