मैदानमै झगडामा उत्रिने मनाङ र मच्छिन्द्रका ६ खेलाडीमाथि कारबाही


 



काठमाडौं, पुस २५
सहिद स्मारक ए डिभिजन लिग अन्तगर्तको खेलमा मैदानमै झगडामा उत्रिएका मनाङ मच्छिन्द्रका ६ जना खेलाडीलाई कारबाही गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिले खेलाडीलाई कारबाही गरेको जनाएको हो ।

मनाङ् मस्र्याङ्दी क्लब र मच्छिन्द्र युवा क्लबबीचको खेल सम्पन्न लगत्तै दुबै टोलीका खेलाडी दुई दिन अघि मैदानमै झगडामा उत्रिएका थिए। मनाङ्का मिडफिल्डर जगजित श्रेष्ठ र गोलरक्षक अशोक बराललाई कारबाही स्वरुप पाँच खेलको लागि प्रतिबन्ध लगाइएको छ ।

बरालले उक्त खेलमै रातो कार्ड पाएकोमा पहिलो खेलमा सहभागी हुन बञ्चित रहेकोले बञ्चित भएको खेलपछि लागू हुने गरी पाँच खेलका लागि प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । दुबै जनामाथि दश हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

मनाङ्कै फरवार्ड रञ्जन विष्टमाथि दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका दिपक राइ, देवेन्द्र तामाङ र विजय धिमालमाथि दुई÷दुई खेलमा प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ ।

त्यसैगरी, मनाङ्का किट्स ब्यवस्थापक शिव लामामाथि लिगको बाँकी खेलका लागि प्रतिबन्धसँगै दश हजार रुपैयाँ जरिवाना तोकिएको छ । टिम बेञ्चमा अनुशासन कायम राख्न नसकेको भन्दै अनुशासन समितिले मनाङ् र मच्छिन्द्र दुबै टोलीमाथि पचास÷पचास हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्