आज पनि घट्यो सुनको मूल्य, कतिमा झर्यो ?


 



काठमाडौं, पुस २५
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा ९ सय रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो पनि तोलामा एक हजार रुपैयाँ घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला आठ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि हिजो तोलामा २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्