सुनको मूल्य आज फेरि बढ्यो, कति पुग्यो ?


 



काठमाडौ, पुस २७
बजारमा आज फेरि सुनको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार रुपैयाँ पुगेको छ । सुन गत शुक्रबार अघिल्लो दिनको तुलनामा तोलामा ९ सय रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ९० रुपैयाँ पुगेको छ । चाँदी गत शुक्रबार प्रतितोला आठ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्