आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, पुस २९
नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्