सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा झर्यो ?


 



काठमाडौं, पुस २९
सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ७४ हजार रुपैयाँमा झरेको छ । सुन हिजो अघिल्लो दिनको तुलनामा तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्