सुनचाँदीको मूल्य आज फेरि बढ्यो


 



काठमाडौं, माघ ३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै ७४ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ९० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्