देश

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक बालुवाटारमा सुरु 

काठमाडौँ १६ कात्तिक। प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  प्रधानमन्त्री कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

निर्वाचन आयोगबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ। पार्टीको आधिकारिकता ग्रहण गर्न साम्पाङ आफैँ आयोगमा उपस्थित भएका छन्। साम्पाङ नेतृत्वको यस पार्टीको चुनाव

नियमित महाधिवेशनको माग गर्दै प्रदर्शन, पार्टी कार्यालय सानेपामा ताला

काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन भएको छ। आइतबार दिउँसो भएको प्रदर्शनमा कांग्रेस सुधार अभियान (अन्डर फोर्टिन) का युवा कार्यकर्ताहरू सहभागी छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी।पी।

बालेन लक्षित गायिका ज्योती मगरको ब्याङग्यातमक टिप्पणी- खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो…

काठमाडौं । लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरले काठमाडौं महानगरका मेयर बालेन शाहलाई जेनजी उक्साएर देश जलाएको आरोप लगाएकी छिन् । उनले आज समाजिक सञ्जालमा फेसबुकमा ब्याङग्यातमक स्टाटस लेख्दै बालेनको

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्

माओवादी-एकीकृत समाजवादीको संयुक्त बैठक २० कात्तिकमा, विरोधमा उभिए जनार्दन

काठमाडौं । पार्टी एकताका लागि तयार भएका वाम पार्टीहरूबीच २० कात्तिकमा संयुक्त बैठक बस्ने भएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत अन्य आठ दल तथा समूह एकताका लागि तयार भएका छन्।

बञ्चरेडाडाँको अवरोध हट्यो, १५ दिनभित्रमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध भएको चार दिनपछि हटेको छ। आइतबार शहरी विकासमन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूलाई यसअघि भएका माग १५

थापाथलीस्थित ट्राफिक प्रहरीको बिटमा काठमाडौं महानगरको डोजर

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको सो संरचनामा महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्र खुल्ला राख्ने

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो। अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा