फोटो कथा

तेक्वान्दो खेलाडीलाई वेल्ट र प्रमाणपत्र

अरनिको तेक्वान्दो डोजाङ श्रीखण्डपुर काभ्रेपलाञ्चोकका खेलाडीलाई शनिबार जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबा र धुलिखेल नगरपालिका–. ५ का वडाध्यक्ष प्रमोद श्रेष्ठले संयुक्त रुपमा कालो वेल्ट र प्रमाणपत्र वितरण

खेत रोप्दै किसान

गुल्मीको छल्दी फाँटमा खेत रोप्दै किसान । गुल्मीमा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । तस्बिरः जनार्दन घिमिरे/रासस

स्काई साइक्लिङ गर्दै पर्यटक

दाङको भारतसँग सिमा जोडिएको गढवा गाउँपालिका–८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । वडा नम्बर ८ को आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो

मेलामा नाच्दै झाक्री

रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा बिहीबार लागेको झाक्री मेलामा नाच्दै झाक्रीहरु । गाउँभरिका झाक्रीहरु एकै ठाउँमा जम्मा भएर नाच्ने गर्दछन् । तस्बिर: सर्जना कार्की/रासस

कलशयात्रा

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० मनमैजुमा रहेको श्री मनकामना मन्दिर संरक्षण समितिले मन्दिरको छानोमा तामाको छानो राख्नका लागि आजदेखि सुरु गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कलश यात्रा गर्दै सहभागीहरु

मोहर्रम पर्व मनाउँदै

वीरगञ्जको घण्टाघरचोकमा मुस्लिम समुदायले बुधबार मोहर्रम पर्व मनाउँदै। सो क्रममा मुस्लिम समुदायले लठ्ठीका विभिन्न कला प्रदर्शन गरेका थिए । तस्बिर: हिमाल लम्साल /रासस

डोल्पाको त्रिपुरासुन्दरी मन्दिर

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने / रासस

जनकवि केशरी धर्मराज थापाको जन्मजयन्ती तथा पुरस्कार वितरण समारोह

राष्ट्रपति भवन शीतलनिवासमा धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा मङ्गलबार आयोजित जनकवि केशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायत सहभागीहरु । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस

खुवा बनाउँदै

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित गेल्डुङ बजारमा रहेको देउराली खुवा उद्योगमा खुवा बनाउन दूध घोट्दै व्यवसायी । उक्त बजारमा रहेका करिब दर्जन खुवा उद्योगले स्थानीय बजारमा प्रतिकिलो रु सात सयमा बिक्री

जापानी ‘कुमोन सिकाइ विधि’ नेपालमा

जापानबाट सुरु भएको व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा सञ्चालन भएको अवसरमा काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउ लगायत ।