
राष्ट्रपति भवन शीतलनिवासमा धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा मङ्गलबार आयोजित जनकवि केशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायत सहभागीहरु । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित गेल्डुङ बजारमा रहेको देउराली खुवा उद्योगमा खुवा बनाउन दूध घोट्दै व्यवसायी । उक्त बजारमा रहेका करिब दर्जन खुवा उद्योगले स्थानीय बजारमा प्रतिकिलो रु सात सयमा बिक्री

जापानबाट सुरु भएको व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा सञ्चालन भएको अवसरमा काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउ लगायत ।

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित पुरानो बैंक रोडस्थित श्रृङ्गार पसलमा हरियो चुरा पोते खरिद गर्दै महिला । हिन्दू महिलाहरु साउन महिनालाई विशेष महत्वको महिना मानेर हरियो चुरा, पोते र मेहन्दी लगाउने

सुनसरीको इनरुवास्थित सडक किनारकाे पानी जमेको खेतमा माछा मार्दै बालबालिका । तस्बिर : नवीन गड्तौला / रासस

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

दाङको घोराही बजारमा दही बिक्री गर्न आएका देउखुरी राजपुर गाउँपालिका–३ स्थित बेला गाउँका यादव समुदायका किसान । गाउँमा दूध खपत नहुने तथा सङ्कलन केन्द्र नभएकाले बेलाका किसान चालीस किलोमिटर टाढा

तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित रोपाइँमा व्यस्त हुँदै रोपाहार । जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्युठान जिल्लाको झिमरुक फाँटमा स्थानीय नविनकुमार श्रेष्ठले व्यावसायिकरूपमा गरेको ‘ड्रागन फ्रुट’ खेती । इसान कृषि फर्म मार्फत करिब रु २ करोडको लगानीमा तीन हजार ५ सय पिल्लरमा रहेका पाँच हजार

काठमाडौँ महानगरपालिका-१६ स्थित माछापोखरी सडकछेउमा शनिबार बिहान तरकारी तथा कृषि उपज खरिद गर्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/ रासस