फोटो कथा

पसल अनुगमन

चाडपर्व नजिकिँदै गर्दा घरेलु, जिल्ला प्रशासन कार्यालय एवम् सत्यवती गाउॅपालिकाको संयुक्त आयोजनामा खैरेनी बजारका पसलहरू अनुगमन तथा निरीक्षण गर्दै कर्मचारी। तस्बिरः जनार्दन घिमिरे/गुल्मी

परम्परागत पोसाकमा थारु युवती

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ बेलुवामा पर्व जितियाको अवसरमा बुधबार परम्परागत पोसाकमा सजिएका थारु युवतीहरू । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस

गङ्गासागर पोखरीमा भक्तजन

जितिया पर्वका अवसरमा सोमबार जनकपुरधामको गङ्गासागर पोखरीमा पूजाअर्चना तथा स्नान गर्दै भक्तजन । तस्बिर : निरंजनकुमार साह / रासस

प्रम ओली र भारतीय प्रम मोदी भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्ता गर्नुहुँदै । तस्बिरःप्रधानमन्त्रीको सचिवालय

भेषभुूषामा सजिएका थारु समुदायका युवतीहरु

पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको भेषभुूषा र पहिचान झल्किने पहिरनमा सजिएका थारु समुदायका युवतीहरु । तस्बिरः तिलकराज ओझा/रासस

धरहरा चढ्न सर्वसाधारणको भीड

विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनःनिर्माण गरिएको काठमाडौँको सुन्धारास्थित धरहरा चढ्न शनिबार आएका सर्वसाधारणको भीड । सर्वसाधारणका लागि संविधान दिवसका दिनदेखि धरहरा चढ्न निःशुल्क खुला गरिएको छ । तस्बिरः

कुमारी रथयात्रा

इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा गरिएको कुमारी रथयात्रामा दर्शकको भीड । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

दीप प्रज्वलन (फाेटाे फिचर)

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।

धरहरा चढ्न सर्वसाधारणको भिड (फाेटाे फिचर)

काठमाडौँ ३ असोज । धरहरा चढ्न आज देखि खुला गरिएपछि दिनभर सर्वसाधारणको सुनधारामा भिड लागेको छ । मन्त्रीपरिषद् बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज देखि सर्वसाधारणलाई केही समय

कोरा साइकल च्यालेन्ज– २०२४

दाङ साइकल सिटीको आयोजनामा शनिबार घोराहीमा भएको दाङ कोरा साइकल च्यलेन्ज– २०२४ मा सहभागी दाङका साइक्लिस्ट । घोराहीको शहीद गेटबाट सुरु भएको कोरा साइकल च्यालेन्ज विभिन्न धार्मिक स्थलहरुको परिक्रमापछि सोही