
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा शनिबार बिहान हिलाम्मे सडकमा फसेका सवारीसाधन । तेह्रकिलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक स्तरोन्नतिमा ढिलाई हुँदा बर्खामा हिलो र हिउँदमा

सुनसरीको इनरुवा–४ मा शनिबार रोपाइँ गर्दै रोपाहार । मानो रोपेर मुरी उब्जाउने यो बेला किसानलाई रोपाइँको चटारो छ । सुनसरीमा ५० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसक्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार ललितपुरस्थित निजी निवास खुमलटारमा पुगेर मन्तव्य राख्दै । तस्बिरः प्रदीपराज वन्त/रासस

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा

पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा शुक्रबार जिल्ला खोप समन्वय समिति झापाद्वारा सदरमुकाम चन्द्रगढीमा निकालिएको प्रभातफेरी । तस्बिर : दिपक चन्द/रासस

भोजपुरको ग्रामीण सडकमा जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । वर्षात् भएकाले कच्ची र हिलाम्मे सडकमा सवारी सञ्चालन गर्न र स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिरः युवराज विष्ट /रासस

डिभिजन वन कार्यालय बाँकेले यस वर्ष उत्पादन गरिएका विभिन्न प्रजातिका एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय बिरुवालाई आजबाट निःशुल्क रूपमा किसानलाई वितरण कार्य सरू

दाङको लमही नगरपालिका–२ सुन्डबरीका किसान धान रोपाइँ गर्दै । तस्बिरः रञ्जिता अधिकारीररासस

सुर्खेतको लेखबेंसी नगरपालिका–४ दशरथपुरमा रहेको आँप बगैँचामा आँप खरिद गर्दै उपभोक्ता । बगैँचामा प्रतिकिलो रु ६० मा आँप बिक्री गरिन्छ ।। तस्बिरः सुरेश आचार्य/रासस

दाङको घोराही उपमहानगरपालिका-१६ स्थित सर्राका स्थानीय महिला खेतमा कुलोबाट पानी लगाउन सेवार खोलामा स्थायी बाँध नहुँदा अस्थायी बाँध बनाउन स्याउला काटेर ल्याउदै । तस्बिर : कुलदीप न्यौपाने/रासस