नेविसंघको सभापतिमा नैनसिंह महर विजयी


 


काठमाडाैं, भदाै २

नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। बिहीबार सम्पनन्न मत परिणाम अनुसार १४९२ मत ल्याएर महर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन्।

neinsingh maharत्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्।

प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन।

प्रकाशित मिति: २ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्