दुईवटा विहे नगरुन्जेल छोराछोरी नहुने परम्परा


 


duiwata-bihe

एजेन्सी । राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ । दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुदैन् ।

देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् । पहिलो श्रीमतीबाट छोराछोरी नभएपछि यहाँका पुरुषहरुले छोराछोरी पाउने आशामा ५० वर्षको उमेर पछि पनि विहेगर्ने गर्छन् ।
दोस्रो विहेबाट अहिले सम्म कसैको ४ अनि कसैको ५ वटासम्म पनि छोराछोरी भएका छन् । यस्तो अच्चमको परम्परा भएको यो गाउँमा एकदुई परिवार बाहेक सबै परिवार दुईवटा विहे गरेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्