‘जोली एलएलबी २’ को लागि अक्षय कुमारले ४० करोड भन्दा बढी रुपैयाँ लिने


 


akshya-kumar

एजेन्सी । हालसालै सुन्नमा आएका थियो अक्षय कुमारले भारतको राष्ट्रिय पुरुस्कार जित्ने फिल्म ‘जोली एलएलबी २’ मा अशरद वारसीको ठाउँ ओगठ्नेछन् ।

तर अब उनले यस रोलको लागि धेरै भन्दा धेरै रुपैयाँ लिइरहेका सुन्नमा आएको छ ।

वलिउड एक विशाल बिज्नेस हब बनिसकेको छ, जहाँ एक्टर र चलचित्र बनाउनेले धेरै भन्दा धेरै रुपैयाँ कमाउन थालेका छन् ।

यस्तै ‘जोली एलएलबी २’ को लागि वलिउड एक्टर अक्षय कुमारले प्रत्येक दिनको लागि १ करोड रुपैयाँ लिने हल्ला फैलिएको छ ।

मुम्बई मिररमा प्रकाशित एक रिपोर्ट अनुसार अक्षय कुमार आफैंले चलचित्र बनाउनेसँग प्रतिदिनको हिसाबले रुपैयाँ दिन प्रस्ताव गरेका छन् ।

खास गरेर वलिउडको कुनैपनि चलचित्र शुटिङ गर्न ४० देखि ४५ दिन सम्म लाग्छ ।

यस तरिकाले अक्षय कुमारल राम्रो आम्दानी गर्ने छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्