२४ घण्टाभित्रै २७ जुवाडे पक्राउ, २४ लाख बढी रुपैयाँ बरामद




धनगढी, माघ १३
कैलालीको धनगढीबाट कैलाली प्रहरीले छुट्टाछुट्टै ठाउँबाट गरि २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति गोदावरी नगरपालिकाका वडाध्यक्षसहित १६ जना र सोमबार दिउँसो ११ जना गरि वडा नम्बर ३ का दुई ठाउँबाट २७ जना जुवाडे पक्राउ गरेको हो ।

वडा नम्बर ३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष २८ वर्षीय रबिन्द्र शाही गुड्डुसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।

उनीहरुलाई २२ लाख ८२ हजार रुपैयाँ सहित पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार शाहीले जानकारी दिए । उनले आइतबार राति १० बजे उनीहरुले नियन्त्रणमा लिएको बताए ।

उहाँकाअनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका– १० का २८ वर्षीय सन्देश तामाङ्, वडा नम्बर ३ का ३८ वर्षीय मोहन खड्का, कञ्चनपुर भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका– १ का ३४ वर्षीय भुवन कुँवर, धनगढी उप महानगर पालिका–३ मिलचौकका ३८ वर्षीय तिलक अधिकारी, ३७ वर्षीय चन्द्रमणि अधिकारी, वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल रहेका छन् ।

यस्तै, बैतडी दशरथ चन्द नगरपालिका– ८ का ३१ वर्षीय अमित गुरु, दशरथ चन्द नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय सुर्य भट्ट, पुर्चौडी नगरपालिका– ८ का ५० वर्षीय कालुसिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका– ४ का ३३ वर्षीय जय सिंह धामी, महाकाली नगरपालिका– ४ का ३८ वर्षीय मंगल ठगुन्ना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए । लामो समयदेखि अधिकारीको घरमा जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार प्रहरीले एक लाख ४७ हजार पाँच सय रुपैयाँसहित ११ जना जुवाडेलाई विशालनगरस्थित तपोवन होटलबाट जुवाडेहरुलाई पक्राउ गरिएको हो । जुवातास खेल्ने र खेलाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी नायब निरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय महोद सफिर, ३२ वर्षीय विकास मल्ल, ४३ वर्षीय दिलन राना, ३५ वर्षीय दिपक चन्द रहेका छन् ।

यसैगरी, तपोवन होटलका साहु ४९ वर्षीय डबलबहादुर मल्ल, ५३ वर्षीय जनकबहादुर मल्ल, २८ वर्षीय नरेश भट्ट, ३३ वर्षीय नरेन्द्र मल्ल, २० वर्षीय लोकेन्द्र मल्ल, ४० वर्षीय रमेशबहादुर कार्की र ५० वर्षीय धनजित धामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News