कक्प्युटर अधिकृत घुससहित रंगेहात पक्राउ


 



बिराटनगर, माघ १५
आन्तरिक राजश्व कार्यालय चितवनमा कक्प्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारी घुस लिँदैगर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित अधिकारीलाई घुस रकम रु १० हजारसहित पक्राउ गरेको हो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिए ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्