‘बेफिक्र’ मा ३ मिनेटमा २५ किस


 


kiss

एजेन्सी । ‘रब ने बना दी जोडी’ को ८ वर्ष पछि आदित्य चोपडा फेरि एकपल्ट राईटर अनि डाईरेक्टर बनेर आफ्नो चौथो चलचित्र बेफिक्र लिएर आउदै छन् ।
केही महिना अघि पेरिसमा यो चलचित्रको शुटीङ चलिरहेको थियो, त्यो बेलामा आदित्यले चलचित्रको पहिलो पोष्ट सार्वजनिक गरेका थिए ।
जसमा रणवीर र वाणीले एकअर्कालाई किस गर्दै गरेको देखिएको थियो ।

चलचित्रको सबै पोष्टमा रणवीर र वाणी एकअर्कालाई किस गरिरहेका हुन्छन् ।

यस्तो देखेपछि हरकसैको मनमा एउटै प्रश्न उठेको थियो,आखिर यो पोष्टर सार्वजनिक गर्ने कारण के हो ?
आदित्यले यसको जवाफ चलचित्रको पहिलो गीत ‘लबोंका कारोबार’ रिलीज गर्नेेबेला दिएका थिए ।

लगभग सवा तीन मिनेटको यस गीतमा २५ अलग अलग जाडीले किस गरेको देखाएका छन् ।
तैपनि यो गीतमा चलचित्रको लीड जोडी देखाएको छैन् ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्