शिक्षक नभएको स्कुल जहाँ विद्यार्थीले नै एकअर्कालाई पढाउँछन्


 


students_sm_650_090616030114

एजेन्सी । भारतको युपी राज्यको एक गाउँका प्राथमिक स्तरको विद्यालयमा विद्यार्थीहरुले आपसमा एक अर्कालाई पढाउने जिम्मेवारी लिएका छन् ।
उक्त विद्यालयमा एक मात्रै शिक्षक भएको र उनले पनि अनुपस्थित हुँदा कक्षा १ का विद्यार्थीले आफ्ना सहपाठीहरुलाई गणित विषय पढाउदै गरेका थिए ।

त्यो देखेपछि कक्षा ५ का एक विद्यार्थीले एक पत्रिकालाई भने जहिलेपनि शिक्षक नआउँदा आफुलाई कक्षा सम्हाल्ने जिम्मेवारी दिएको र साथै विद्यार्थीहरुको अनुशासन पनि आफुले नै हेर्नुपर्छ ।

-युपीमा लगभग १५ हजार ८ सय ४३ प्राथमिक विद्यालय छन् । तिनीहरुमध्ये धेरै विद्यालयमा एक जना मात्रै शिक्षक छन् ।
-एकजना शिक्षकले मात्रै सबै कक्षा हेर्नुपर्ने भएकाले उनलाई धेरै थकाई हुने गर्छ ।
-लखनउमा १ हजार ८ सय ४० प्राथमिक विद्यालय छन् । तिनीहरु मध्ये ३५ विद्यालयमा केवल एक जना मात्रै शिक्षक छन् ।
-शिक्षकको अनुपस्थिमा विद्यालयको जिम्मेवारी विद्यार्थीहरुलाई नै दिने गरिन्छ ।

सरकारी विद्यालयमा राम्रो व्यवस्था नभएपछि बढी विद्यार्थी निजी विद्यालयमा पढ्न रुचाउछन् ।
सरकारी विद्यालय शिक्षा क्षेत्रमा राम्रो सेवा बाँड्न सक्ने नभएको भन्दै राईट टु एजुकेसन लाई प्राथमिकता दिने एक संस्था समीनाले एक पत्रिकालाई दिएको जानकारी अनुसार राज्यमा ६ लाख नियमित शिक्षक छन् । अझै समस्या भनेको सबै विद्यालयमा एकनासले शिक्षक छैन् ।
कतै शिक्षक बढी छन् त विद्यार्थी कम छन् । कतै १ सय जना विद्यार्थीलाई हेर्ने एक जना मात्रै शिक्षक छन् ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्