इन्जिनियर र वडा सदस्य घूससहित पक्राउ


 



तनहुँ, माघ २८
तनहुँको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र भानु–१३ का वडा सदस्य कृष्णबहादुर अधिकारी घूस रकमसहित पक्राउ परेका छन् ।

भानु–१३ समजुरस्थित जनसहयोगी माध्यमिक विद्यालयको निर्माण सम्पन्न भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए बापत सेवाग्रहीबाट ७५ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई सोमबार अपरान्ह नगरपालिकामा घूस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्