मन्त्रीलाई पनि कोरोना भाइरस ! अवस्था जटिल बन्दै


 



काठमाडौं
कोरोना भाइरसको संक्रमणले विश्वलाई त्रासमा पारेको छ । एसिया मात्र नभई युरोपीयन देशहरुमा पनि यो भाइरसको संक्रमण भइसकेको छ ।

यसैक्रममा इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो ।

सरकारका प्रवक्ता अलि रबिएसँगै गरेको पत्रकार सम्मेलनका दौरानमा हरिर्चीले पटक–पटक खोकेका थिए भने पसिना समेत बगेको थियो । उक्त क्रममा इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले त चेतावनी दिँदै महामारीको सामना गर्न तयार रहन चेतावनी दिइसकेको छ । कोरोनाले अहिलेसम्म २६ सय बढीको ज्यान गइसकेको छ भने एक लाखको हाराहारीमा संक्रमित भएका छन् । इटालीमा कोरोना भाइरसबाबट ११ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्