कोरोना भाइरस : जापानबाट भारतीयसंगै एक नेपालीको पनि उद्धार


 



काठमाडौं, फागुन १५
कोरोना भाइरस संक्रमणको आशंकामा जापानबाट भारतीय नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार गरिएको छ ।

एक पानीजहाजबाट आफ्ना नागरिक उद्धार गर्ने क्रममा भारत सरकारले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ।

अहिले ती नेपालीलाई उद्धार गरिएका भारतीय नागरिकसँगै भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि वडारीका अनुसार उनलाई त्यहाँ १४ दिन क्वारेन्टाइनमा राखिनेछ।

जापानको योकोहामा पोर्टमा रोकिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका आफ्ना ११९ नागरिकलाई उद्धार गर्ने क्रममा भारत सरकारले एक जना नेपालीलाई पनिसँगै भारत ल्याएको हो।

आफूलाई व्यक्तिगत रूपमा जानकारी आएकाले ती नेपालीको नाम ठेगाना खुल्न बाँकी रहेको प्रवक्ता वडारीले बताए।

भारतका विदेशमन्त्री डा. एस जयशंकरले पनि ट्विट गर्दै ११९ भारतीय नागरिक उद्धार गर्ने क्रममा १ नेपालीसहित अन्य देशका ५ नागरिकलाई पनि सँगै ल्याइएको जानकारी दिएका छन ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्