Deshko News
९ आश्विन २०८०, मंगलबार

सर्पले डसेर किशोरीको मृत्यु



snake

वालिङ, २८ भदौ । स्याङ्जाको दक्षिण पूर्वी चापाकोटमा सर्पले डस्दा सोमबार एक किशोरीको मृत्यु भएको छ ।

चापाकोट नगरपालिका–१ क्वामी बस्ने १३ वर्षीया माया जिटीको सर्पको डसाइबाट मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताउनुभयो ।

घरभित्र सुतिरहेकी जिटीलाई करेत सर्पले देब्रे कानमा टोकेको थियो । किशोरीलाई स्थानीय चापाकोट स्वास्थ्य चौकीमा सामान्य उपचारपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र त्यहाँबाट पनि पाल्पाको मिसन अस्पताल लैजाँदै गर्दा सोमबार मृत्यु भएको बताइएको छ । स्थानीयवासीले डसेको सर्पसमेत मारेर साथमा ल्याएका थिए । रासस

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News