भारतले गर्यो तीन देशसंग आवागमनमा प्रतिबन्ध


 


काठमाडौं, फागुन २८
कोरोना भाइरसबाट बच्‍न भारतले थप ती देशको आवगमन बन्द गरेको छ। भारतले युरोपियन देशहरु फ्रान्स, जर्मनी र स्पेनको आवगमनमा प्रतिबन्ध लगाएको हो।

ती देशहरु पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको बताइएको छ। भारतले कोरोना भाइरसको उदगम राष्ट्र चीनलाई फेब्रुअरी ५ मै आवगमन बन्द गरेको थियो भने इटाली, इरान, जापान र दक्षिण कोरियालाई मार्च ३ मा आवगमनमा प्रतिबन्ध लगाएको थियो।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६१ पुगेको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्