सासुले प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि बुहारीले गरिन् सासुको यो हालत



एजेन्सी । भारतको ग्वालियरबाट यस्तो सनसनीपुर्ण खबर आएको छ, जहाँ एउटा बुहारीले मानवताको साथसाथै सबै नातागोता लाई पनि लाज लाग्ने पटकथा लेखेर छोडेकी छिन् । सामाचारमा जनाए अनुसार महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अवैध सम्बन्ध बनाएको थियो ।

तर उनको यो रासलीलाले बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रेमी सँग आपत्तिजनक आवस्थामा देखे । त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थाले । यो कुरा बुहारीलाई मन परेन र सासुको बाटो हटाउने निर्णय सोच्न थालिन् ।

बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन् , अनि तौलियाले उनको घाँटी घोटेर हत्त्या गरिन् । हत्त्याको संका उनकी बुहारी सँग गरेपछि उनले आफ्नो घरभित्रै लुटपाट देखि लिएर बलात्कार सम्मको कथा बनाइन् । यो सबै कुरा उनले एउटा क्राईम सिरियलबाट सिकेकी थिइन् ।

यद्दपि जुलीका पति शिवा आफ्नो बुवाको हत्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन् । उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन् । शिवा कारागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे । यस्तैमा एक साथीसँग जुली धेरै नै नजिक हुन पूगिन् र उनी राती राती चुपचाप लागेर जुलीकोमा आउने गर्थे ।

सासुले एक दिन बेडरुममा आपत्तिजनक आवस्थामा देखेका थिए । प्रहरीको कार्वाहीबाट जुलीले जुन दुपट्टा आरोपीले लैजान्थे भनेर भनेका थिए, त्यो सुशिलाको शवसँगै भेट्टिएको थियो । सासुको हत्त्यापछि जुली घरबाट हराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News