‘आत्महत्याको कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी’


 


 

sucide

बैतडी, भदौ २९  जिल्लामा आत्महत्याको घटना दोब्बरले वृद्धि भएपछि यसको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रमको सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल कारण पत्ता लगाई न्यूनीकरण गर्न जरुरी रहेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । आत्महत्याको घटना कम गर्न प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुुभयो ।

गत वर्ष २०७२-७३ मा मात्रै ३० जनाले आत्महत्या गरेका छन् । अघिल्लो आव २०७१-७२ मा १६ जनाले आत्महत्या गरेका थिए ।
चालु आवको हालसम्म नौ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आत्महत्या बढ्नुमा मानसिक तनाव मुख्य कारण रहेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्