मण्डल हत्याको आशङ्कामा तीन पक्राउ


 


hatya pakrau

लहान,  भदौ २९ सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशङ्कामा प्रहरीले मङ्गलबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।

गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शज सोमबार कल्याणपुर गाविस–१ स्थित लोहजरा खोला छेउमा अनुहारको केही भाग जलेको र बायाँ खुट्टा जङ्गली जनावरले खाएको अवस्थामा प्रहरीले फेला परेको थियो ।

घटनाको प्रकृति र स्थानीयको भनाइको आधारमा मण्डलको हत्या भएको हुनसक्ने आशङ्कामा तीन जनालाई पक्राउ गरिएको र त्यसमा संलग्न केही व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक देव पौडेलले जानकारी दिनुभयो । पक्राउ परेकाको नाम र ठेगाना प्रहरीले खुलाएको छैन ।

मृतक मण्डलको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे अनुसन्धान भइरहेकाले अनुसन्धान्पश्चात मात्र थप कुरा बताउन सकिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्